Saturday, June 30, 2018

मेराे कथा - सवी माेक्तान


कसले बुझ्न खाेज्छ हाेला जिन्दगिकाे मेराे कथा
छताछुल्ल भताभुङ्ग जिन्दगीकाे मेराे कथा

बाहिरी रुपमा सबले देख्छन् सधैँभरी हाँसेकाे नै
कसले जान्न खाेज्छ हाेला वास्तिवक याे मेराे कथा

सुन्याे भने धेरैले त झार्छन् हाेला अाँसु
विवसता र बाध्यतामा गुम्सिएकाे मेराे कथा

जिन्दगी नि अचम्म छ साेच्या जस्ताे हुँदैन
कहिले दुख कहिले सुख यस्तै नै छ मेराे कथा

रामेछाप

No comments:

Post a Comment