Saturday, August 25, 2018

निरन्तर शनिबारमा साहित्यकार युवराज नयाँघरे

       
साहित्यकार युवराज नयाँघरेका साथमा सहभागीहरु
निरन्तर शनिबारको नियमित रचना वाचन सधैँझैँ  यसपटक पनि वाल्मीकि विद्यापीठमा सम्पन्न भयो । यसपटकको शृङ्खलामा अतिथिका रूपमा साहित्यकार युवराज नयाँघरेलाई निम्त्याइएको थियो । संयोजक डिल्लीराम सुवेदीको सभापतित्वमा सुरु भएको कार्यक्रममा अघिल्लो साताझैँ कास्की कारागारमा पुस्तकालय स्थापनाका लागि सहभागीहरुले ल्याएका पुस्तक जम्मा गर्ने काम भयो र करिब सय थान पुस्तक जम्मा भए ।
        कार्यक्रममा सोझो गाउँले, रमेश पौडेल, गोकुल अधिकारी, हाेमराज ढुङ्गेल, कैलाश कुमार पाण्डे, टेकराज अवस्थी, पूर्णिमा प्रतिविम्ब, नारायण सापकोटा, चन्द्रकान्त पौडेल, शैलेन्द्र शर्मा गौडेल, अशोकसिंह बिस्ट, उमा दाहाल, वशिष्ट अधिकारी लगायतले आआफ्ना रचना सुनाएका थिए । 
कास्की कारागारमा पुस्तकालय स्थापनाका लागि सहभागीहरुले
ल्याएका पुस्तक जम्मा गर्दै
सहभागीहरुको क्रम सकिएपछि अतिथि नयाँघरेले आफ्ना महत्वपूर्ण विचार र अनुभवले  सहभागीहरुलाई मन्त्रमुग्ध बनाएका थिए । अन्तिममा संयोजक डिल्लीराम सुवेदीले निरन्तर शनिबारको पृष्ठभूमि, नियमित गतिविधि तथा भावी कार्यक्रममाथि प्रकाश पार्दै र  उपस्थित सबैप्रति आभार प्रकट गर्दै कार्यक्रम टुङ्ग्याएका थिए ।

No comments:

Post a Comment