Monday, July 23, 2018

दामोदर न्यौपानेको पुस्तक ‘स्कुल बेच्ने बालक’ सार्वजनिक

लेखक तथा पत्रकार दामोदर न्यौपानेको पुस्तक ‘स्कुल बेच्ने बालक’ सार्वजनिक भएको छ। बालमनोविज्ञानमा केन्द्रीत पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार लोकार्पण गरिएको हो।
पुस्तकलाई प्राध्यापक डा. सुरेशराज शर्मा, बालसाहित्यकार विनय कसजु, अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराई, बालअधिकार अभियन्ता एवं पत्रकार गौरव पोखरेल र पुस्तकका मुख्य पात्र हार्दिक न्यौपानेले सार्वजनिक गरे।
बालसाहित्यकार कसजुले पुस्तकले बालसाहित्यमा आयाम थपेको उल्लेख गरे। बालबालिकालाई कसरी ‘प्यारेन्टिङ गर्ने भनेर पुस्तकले सुक्षम ढगंमा बताउने उनले बताए।
‘बजारमा नेपाली साहित्यमा लेखिएका नेपाली पुस्तक १० प्रतिशत पनि छैनन्,’ उनले भने, ‘बालबालिकाको मनोविज्ञानमा केन्द्रीत भएर लेखिएको यस्ता पुस्तक नेपाली समाजमा निकै आवश्यक छ।’
अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले हार्दिक एउटा पात्र भएता पनि पुस्तकले संसारभरिका बालबालिकाको मनोभावलाई समेट्ने बताइन्। साथै, पुस्तकले असल अभिभावक कसरी बन्ने? भनेर सिकाउने उल्लेख गरिन्।
‘हामी कत्तिलाई अभिभावकत्व के हो भन्ने नै थाहाँ छैन। हामी बालबालिकालाई असल बन्नुपर्छ भनेर भन्छौं। तर हामी अभिभावक कति असल छौं त? भनेर सोच्दैनौं,’ उनले भनिन्, ‘यो पुस्तक समाजका लागि एउटा मार्गदर्शक पनि हो।’
लेखक दामोदर न्यौपानेले ‘स्कुल बेच्ने बालक’ पुस्तक मात्र नभइ अभियान पनि भएको उल्लेख गरे।
‘पुस्तकको सुरूआतदेखि अन्त्यसम्म प्रमुख पात्र हार्दिकमा केन्द्रीत छ। म उसका हेरेक गतिविधि नियालिरहेको हुन्छु। मेरो लागि ऊ एउटा विश्वविधालय नै हो,’ उनले भने, ‘६ वर्षमुनिका बालबालिकामा देखिने संवेग र अभिभावकलाई गर्ने सम्बोधन लगायतका विषयवस्तुलाई गहन रूपमा प्रस्तुत गरेको छु।’
डेढ दशकदेखि पत्रकारितामा क्रियाशील लेखक न्यौपानेको यो पाचौ‌ं कृति हो। यसलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो।


स्राेत :  सेताे पाटी

No comments:

Post a Comment