Wednesday, April 1, 2020

कोभिड उन्नाइस् प्रकोप - हेमसागर पाेखरेल


हठात् जन्मियौ
कोभिड उन्नाइस् चीनको वुहानमा
न्वारानसँगै सिघ्रातिसिघ्र
फैलिरह्यो धर्तीका कुना कन्दरासम्म
आहत बनाइरह्यो सर्बत्र
दिनको दुई गुना रातको चौगुना
कोविड किरा
तिमी औतारी सन्त्रासको सनसनी
विश्वब्यापी सङ्क्रमणको महामारी,
कति भयानक
तिम्रो निर्मम आक्रमण
कति घातक
तिम्रो राक्षसी पराकाष्ट
लखेटिरहन्छौ एकोहोरो मानव जातिलाई
लुछिरहेका छौ
मानवीय आत्माको सम्वेदनशीलता
उघ्राइरहेका छौ
मानव मात्रको फोक्सो र मुटु
पिरोलिरह्यौ दुनियाँलाई
विरोलिरह्यौ अकल्पनीय दुहाइमा
के तिम्रो एक छत्र डन प्रबृत्ति
एकनास रहिरहन्छ ?
झम्टिरहन्छौ कहिलेसम्म ?
मानव ज्ञान विज्ञानको अस्मितामाथि,

नोवेल कोरोना !
तिमी सूक्ष्म घातक विषाणु
तिमी विध्वङ्सात्मक सजीव क्षेप्यास्त्र
तिम्रो लज्जास्पद ज्यादतीले
मान्छे आजित भएको छ
स्तब्ध छ क्रन्दन र पीडाचक्रमा
हायलकायल छ
दुनियाँको क्रियाकलाप तिम्रो अत्याचारले
नोवेल कोरोना अझै
चपाइरहन्छौ रु निर्दा र निमुखा आत्माहरु !

नोवेल कोरोना !
तिम्रो भयानक प्रहार
कसरी सामना गर्नु
तिम्रो अत्याचारी प्रकम्पन
कति सहनु रु तिम्रो प्रभुत्वशाली परेड
लाचारी प्रबुत्तिको प्रक्षेपण
हृदयविदारक हारगुहार
रुमलिएको छ दुनियाँ क्षोभमा
तिम्रो हैकमवादी आगमनसँगै
ऐठनमा मुर्झाउँछ मानव जाति
रमाउँछौ तिमी प्रकोपको दुश्चक्रमा
खोजीमा छ मानव जाति उन्मुक्तिको खातिर
छिटो विदा लेऊ
अब कोविड उन्नाइस्
धर्तीका परिधि परित्याग गरेर ।

विराटनगर 


No comments:

Post a Comment