Monday, October 1, 2018

बलात्कार बिरूद्ध रचना वाचन कार्यक्रम सम्पन्न

देशमा बढ्दै गइरहेको बलात्कार र हत्याका घटनासँग सम्बन्धित रहेर त्यस बिरूद्ध सचेतनाका लागि राजधानीमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । ‘स्रष्टा प्रतिष्ठान नेपाल’ ले आज आयोजना गरेको उक्त कार्यक्रममा विशेष गरी गजल र कविता वाचन गरिएको थियो ।

नयाँ पुस्तादेखि पूराना पुस्तासम्मका स्रष्टाहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा बङ्गलादेशी कविको समेत सहभागीता रहेको थियो । प्रतिष्ठानकी अध्यक्ष अमृता स्मृतीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमा प्रज्ञा प्रतिष्ठानका पूर्व( उपकुलपति डा। बिष्णु विभु घिमिरेको पनि उपस्थिति रहेको थियो ।

उदीयमान स्रष्टा नवीन चिरागको दुई मुक्तक वाचनसँगै सुरु भएको रचना वाचन कार्यक्रममा देवकी अभिलासीले ‘आधुनिक दास’ शीर्षकको कविता प्रस्तुत गरेकी थिइन् भने सुनिता खनालले ‘केही नाङ्गा प्रश्नहरू’ शीर्षकको कविता सुनाएकी थिइन् । कवि दिपक थापाले ‘बिरुद्ध’ शीर्षकको कविता, स्रष्टा एवम् सञ्चारकर्मी निर्भिक जंग रायमाझीले ‘कालो अबीर’ शीर्षकको कविता प्रस्तुत गरेका थिए । रचना वाचनकै क्रममा कवि प्रज्ज्वल अधिकारी, शिरीष र विनाथिङ तामाङले पनि आ–आफ्ना कतिवा सुनाएका थिए ।


ऋषवदेव घिमिरेको ‘सराप’ शीर्षको कविता वाचनपछि कवि तथा गजलकार जीवन खत्रीले जापानबाट हेमन्त गिरीले पठाइएको कविता वाचन गरेका थिए । बङ्गलादेशी कवि सहरियार सपटले प्रस्तुत गरेको बलात्कार शीर्षकको कवितालाई झापाकी स्रष्टा सुभद्रा भट्टराईले नेपालीमा उल्थाएकी थिइन् । कबि चुडा निर्भिकको कविता वाचनपछि केशव सिग्देलले ‘म बौलाएको छु’ शीर्षकको कतिता वाचन गरेका थिए । असिम सागरको ‘हत्कडी’ शीर्षकको छोटो कविताले श्रोताको उल्लेख्य ताली पाएको थियो ।

निकै भब्य तरिकाबाट सम्पन्न भएको उक्त कार्यक्रममा दीपा कार्की, समीक्षा कट्टेल, सन्ध्या पहाडी, यात्री प्रकाश पाण्डे,गिता कार्की, डा। ज्ञानु पाण्डे, रामबहादुर पहाडी, वलराम दाहालले आ(आफ्ना रचनाहरु वाचन गरेका थिए । पुराना स्रष्टा रामबहादुर पहाडीले निर्मला पन्तका हत्यारालाई प्रहरीले अझैसम्म पनि पक्राउ नगरेकोमा आपत्ति समेत प्रकट गरेका थिए ।

वि।सं। २०३६ सालमा कविता क्रान्ति सुरु भएको नयाँ सडकको भूगोलपार्कबाटै बलात्कार बिरूद्ध रचना वाचनको शृङ्खला सुरु भएको भन्दै प्रतिष्ठानका उपकुलपति घिमिरेले त्यस ठाउँ रोजेकोमा आयोजकलाई बधाई समेत दिएका थिए ।

No comments:

Post a Comment