Friday, August 24, 2018

गजल – इन्द्र लम्साल

भाग्य पसिनाले खुशी आँशुले बगाइदियो
नियतिले भएभरका सबै दुख मलाई दियो

मलाई खेलौना मनपर्छ भन्ने बुझेरै हुनुपर्छ
उसले मेरो जिन्दगी नै खेलौना बनाइदियो

यही खुसीले होला आमालार्इ भोक लागेन
भाडोमा खाना थिएन धन्न छोरो अघाइ दियो

मृत्युुले पनि सधैं धोकेबाज प्रेमिका जस्तै
भोलि भोलि भनेर सिंगो आयु कटाइदियो

सुर्खेत

No comments:

Post a Comment