Monday, July 30, 2018

बगेर जाने-मनसरी शुभेच्छा राई

बगेर जाने सलल पानी माछी छ छालभरी
जालहारी दाईले जालैमा हान्दा पारेछ जालभरी

भञ्ज्याङ् डाँडा सरर हावा उडायो शिर टोपी
पहिलो भेट्मा सर्माउदै तिमी हाँसेथ्यौ मुख छोपी

बेसिमा फुल्ने राताम्य सिमल लेकैमा चिमाल फुल
माया त चोखो  दिएकै थिए कहाँनेर भयो भुल

नौरंगी धागो जोडेर प्रेमले बुनेथें गलबन्दी
गलबन्दी जस्तो भएर तर मेरो यो जिन्दगी

विर्तामोड, झापा

No comments:

Post a Comment