Sunday, August 5, 2018

निरन्तर शनिबारमा कवि उमेश अकिञ्चन

निरन्तर शनिबारको नियमित रचना वाचनको पछिल्लो शृङ्खला सधैँझैँ वाल्मीकि विद्यापीठमा सम्पन्न भयो । यस पटकको शृङ्खलामा अतिथि कविका रूपमा कवि उमेश अकिञ्चन निम्त्याइएका थिए । कवि सोझो गाउँलेले अतिथि कवि अकिञ्चनको प्रसिद्ध कविता 'बाराक ओबामा' वाचन गरेसँगै सुरु भएको कार्यक्रममा मनोज न्यौपाने, गोकुल अधिकारी, संजीव राई, चन्द्र रानहाँछा, बलाराम दाहाल, राजुबाबु श्रेष्ठ, मिनराज वसन्त, केवल कार्की, सुदर्शन शर्मा, टीका चाम्लिङ, पार्वती भट्ट, मानिस लगायत दुई दर्जन स्रष्टाले आआफ्ना रचना सुनाएका थिए । सहभागीको रचना वाचनको क्रम सकिएपछि अतिथि कवि उमेश अकिञ्चनले कविता सम्बन्धी आफ्ना महत्वपूर्ण भनाइ राख्दै आधा दर्जन सुन्दर कविता सुनाएका थिए । अन्त्यमा संयोजक डिल्लीराम सुवेदीले निरन्तर शनिबारको पृष्ठभूमि, उद्देश्य र गतिविधिका बारेमा प्रकाश पार्दै कार्यक्रमको बिट मारेका थिए भने रेडियो अन्नपूर्णका लागि पूर्णिमा प्रतिविम्बले उक्त कार्यक्रम रेकर्ड गरेकी थिइन् ।

No comments:

Post a Comment