Sunday, March 29, 2020

काेराेना कहर - रविन्द्र दिखुक्पा


मुक्तक -१

कोरोना जैवीक जीवाणु हतियार रहेछ
सृष्टि संसार ध्वस्त पार्ने मतियार रहेछ
आधा सास, आधा लास बनाइसक्यो
हावाले ल्याएको दूषित कसिंगार रहेछ ।।

मुक्तक -२

नचाहे पनि कोरोनाको करह खप्नै पर्ने
ईश्वर, अल्लाह, यशुको नाम जप्नै पर्ने
मर्नु बाँच्नुको दोसाँधमा, काँचुली फेर्दै
आशाको दियो, टुकिमा तेल थप्नै पर्ने ।।

मुक्तक -३

कोरोना कैदी कहर कहिले सम्म रहने होला
हामीले पीडै पीडा कहिले सम्म सहने होला
आँखाहरू आँखा भएकै, सुन्दर देखिन्छन्
बिना कारण नयन कहिलेसम्म बहने होला ।

रविन्द्र दिखुक्पाकाे फेसबुक पेजबाट साभार गरिएकाे 

No comments:

Post a Comment