Saturday, August 11, 2018

निरन्तर शनिबारका संस्थापक सल्लाहकार दाहाल यज्ञनीधिको निधनप्रति शोक व्यक्त

निरन्तर शनिबारको नियमित रचना वाचन सधैँझैँ  यसपटक पनि वाल्मीकि विद्यापीठमा सम्पन्न भयो । यसपटकको शृङ्खलामा साहित्यकार कृष्ण धरावासीलाई अतिथिका रूपमा निम्त्याइएको थियो भने निरन्तर शनिबारका संस्थापक एवम् नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको पनि उपस्थिति रहेको थियो । निरन्तर शनिबारका संस्थापक सल्लाहकार दाहाल यज्ञनीधिको निधनप्रति शोक व्यक्त गर्दै सुरु भएको कार्यक्रममा विश्वप्रकाश शर्मा, सोझो गाउँले, मञ्जु विमली, सुदर्शन शर्मा, पूर्णिमा प्रतिविम्ब, विवश बाबु, हृदय उपाध्याए, होमराज ढुङ्गेल, विवेक सापकोटा, वर्षा वन्दना, प्रीतिका खत्री, आकाश खत्री, केवल कार्की, प्रकाश पुडासैनी, सुबिन खनाल, सञ्जीव ढकाल लगायतले आआफ्ना रचना सुनाएका थिए । सहभागीहरुको क्रम सकिएपछि अतिथि कृष्ण धरावासीले आफ्नो ओजपूर्ण विचार र मिठा मिठा रचनाले  सहभागीहरुलाई करिब १ घण्टा मन्त्रमुग्ध बनाएका थिए । अन्तिममा संयोजक डिल्लीराम सुवेदीले बाक्लो उपस्थितिप्रति आभार प्रकट गर्दै कार्यक्रम टुङ्ग्याएका थिए ।

No comments:

Post a Comment