Sunday, July 29, 2018

हलचल – दिव्य गिरी

‘आज घरबेटीबाले मलाई छक्क पार्नु भो’ सन्जिताले भनी ।

‘कस्तो छक्क ?’ सन्दीपले पानी पिइसकेपछि सोध्यो । ऊ आज बेलुका पनि कोठामा अबेर आएको थियो । बेलुकीको खाना खाँदै थियो ।
‘म बजारमा किनमेल गरेर कोठामा आउन भरेङ् उक्लिँदै थिएँ । बुढा पनि तल ओर्लिँदै रहेछन् । पहिले त मलाई देखेर मुसुक्क हाँसे । अनि त्यसपछि भने– ‘झोला त निकै गह«ौँ छ कि क्या हो ।’
‘प्रायजसो कहिले पनि नहाँस्ने र हत्तपत्त नबोल्ने बुढाको कुरा सुनेर म छक्क परें । आज यी बुढालाई के सुर चढेछ जस्तो मनमा लाग्यो । ‘हेर्दा त्यस्तो देख्या मात्र हो, खासै केही छैन । छोराको एकजोर ट्र्याकसुट छ । त्यसैले ठूलो देखियो ।’ मैले पनि हाँस्दै जवाब दिएँ ।
‘त्यती साधारण कुरामा पनि आश्चर्य मान्नु पर्ने कारण त केही छैन ।’ सन्दीपले खाना खाइसकेर उठ्दै भयो ।
‘कुरा त्यति मात्र होइन । उनले मसँग तपाइँको दिदी बहिनी कति जना भनेर पनि सोधे?’
‘उनको त्यो प्रश्न सुनेपछि पो छक्क परें । आज यी बुढाले किन यस्तो प्रश्न गरे ? यिनलाई मेरो दिदी–बहिनीबारे केको चासो भन्ने पनि लाग्यो । ‘म त एक्ली छोरी । दाजु र भाई एक–एक जना मात्र छन् । किन र घरबेटीबा ?’ अनि मैले पनि सोधेँ ।
‘त्यति कै सोधेको नि ?’ बुढा मुसुमुसु हाँस्दै तल ओर्लिए ।
सन्जिताको कुरा सुनिसकेपछि उसलाई गएको साता मङ्लबारको घटना सम्झना भयो ।
मङ्गलबारको दिन ऊ पनि मन्दिर गएको थियो । मन्दिरको दर्शन गरेर फर्किने क्रममा उसको घरबोटीबासँग जम्का भेटपछि उसले आफुसँगैकी युवतीलाई देखाएर भनेको थ्यो
– ‘घरबेटीबा, यिनी मेरी
साली ।’

टिकाथली, ललितपुर 

1 comment: