Saturday, March 28, 2020

मुक्तक - दिब्य गिरी


                 १
जिन्दगी जिन्दगी जस्तो भएन
संसार संसार जस्तो रहेन
फैलेको छ कोरोना ब्रह्माण्डमा
के पृथ्वी बस्ने योग्य भएन ?

                      २
कोरोनाको आतंकले त्राहिमाम छ संसारमा
घरभित्रै बस्नुपर्दा सबैथोक "जाम" छ संसारमा 
घट्नुभन्दा बढेको छ दिनदिनै यो महामारी
यतिबेला कहाँ कृष्ण, कहाँ राम छ संसारमा ।

                         ३
अकालमा मानिसहरुको ज्यान गएको छ
यस्तो बेला न हाँस्नु न त रुनु भएको छ
यो मृत्युको जुलुस कहाँ गएर टुंगिने हो
हाहाकारको भुमरीमा बाँच्नु परेको छ ।

1 comment: