Monday, May 6, 2019

जागीर - बुद्धि तिमल्सिना



खाऊ भाइ भनेर भन्दिन म ता, जागीर भन्ने जहाँ
बित्छन् जागृतिका उमेर सहजै बाँधिन्छ दाम्लोमहाँ !
हस् हस् भन्छु सधैँ शिरोपर गरी आप्mनोपनै बाङ्गियो
बेच्यो निष्पक्षता निरूपण सबै हो हो भनी नाङ्गियो !!

गाली खान्छु त्यसै बिगो न कसुरै हुङ्कार भो थर्थरी
आजै छोड् बबुरो न खा तलब यो, पच्दैन त्यो राम्ररी
भन्छन् दाजु बचाउनुस् नगद यो खेती घडेरी किनौँ
पल्लो भाइ भए करोडपति नै व्यापार गर्दै हिडौँ !!

आफू साग किने र झोल पिउँदै मेट्दैछु यो तिर्सना
ल्याऊ मासु भने र भाउजु हिजो भन्थिन् गलेँ लौ किन ?
नानीको बिल तिर्न चार महिना धेरै भयो रे भनी
नामर्दै ठहरी नआइज भने रून्छे दुखी भै उनी

भाडामा बसियो तिरेर नगदै पैला थियो क्यै जिलो
केही थे गहना पढाउन भुरा त्यो खर्च भो थाङ्थिलो !
डालो किन्छु बदाम बेच्छु सहराँ भन्दै गएको थिएँ
साथीको जिप रोकियो नजिक नै ए बुद्धि ! बोल्या सुनेँ !!

हाँसे झैँ मुखले गरेपनि त्यसै खुल्दै खुलेनन् स्वर
डालो भूतलमा खसेसरि गरेँ साथी नजाउञ्जेल !
आफूले सकिएन भन्छ उसले जागीर भन्ने कुरो
खाऊ घूस तिमी मजासँग भनी हाँ;\b} गयो नक्चरो !!

2 comments: