Tuesday, March 24, 2020

सजाय - भगवान अर्याल



नसुधार बानी व्यवहार, खानपिन र विचार
सर्वोच्च तिमी मनुवा, गर हिंसा र अत्याचार
उड़ आकाशमा घमण्डले, भई प्रकृति भन्दा पर
ईबोला कोरोना हान्ता, केको छ र फ़िकर ?
खाऊ किरा सर्प कुकुर, चमेरो मुसा र बाँदर
जिउँदै पोल्दै लुछ्दै, आँसु रगतमा चोपेर
रोदन त्यो अबलाको, तिमीले किन सुन्छौ र?
मानिस तिमी महान, अधिकारले गर काटमार ।।
जीवहत्याको पापमा, कोको छन् भागीदार ?
बालक युवा वृद्ध, स्त्री पुरूष किन्नर
पापको अग्निकुण्डमा, सबै हुनेछन् सोत्तर
ताण्डव मच्चाउँदा प्रकृतिले, मानिस काँप्नेछ थरथर ।।

No comments:

Post a Comment