Sunday, July 8, 2018

गजल - पूर्णिमा प्रतिविम्ब


जिन्दगीको अर्को नाम जन्जिर लाग्छ 
जति सम्झ्यो ! उति धेरै , पिर लाग्छ
जस्लाई आफ्नो भन्ने कुनै अधिकार छैन
उसकै माया खै किन आखिर लाग्छ ?
कसले भन्यो पृथ्वी, गोलो छ भनेर ?
मलाई त कतै समतल, कतै भिर लाग्छ
यो देशको कानुन बुझेर बुझि साध्य छैन
पिडितलाई नजिर, पिडकलाई अवीर लाग्छ
कहिले देश अनि कहिले पढाइको चिन्ता
अनि भन्नुस् त कसरी, शरीर लाग्छ ?



No comments:

Post a Comment