Monday, July 23, 2018

निरन्तर शनिबारमा कवि विप्लव ढकाल

निरन्तर शनिबारको  नियमित रचना वाचनको पछिल्लो शृङ्खला गएको शनिबार असार ५ गते वाल्मीकि विद्यापीठमा सम्पन्न भयो । सुप्रसिद्ध कवि विप्लव ढकालको आतिथ्यमा सम्पन्न उक्त शृङ्खलामा अतिथि कवि ढकालका साथै सोझो गाउँले, सुनिता खनाल, हाेमराज ढुङ्गेल, जीवन खत्री, प्रीतिका खत्री, पूर्णिमा प्रतिबिम्व, अशोकसिंह बिस्ट, आकाश खत्री, केवल कार्की, उमा दाहाल, गोकुल अधिकारी आदिले रचना वाचन गरेका थिए । कविताको कोरियोग्राफीमा पिएचडी सकाउनै आँटेका अतिथि कवि ढकालले पछिल्लाे पुस्ताले नेपाली कवितालार्इ पर्फरमेन्स अार्टकाे रुपमा पनि लिन थालेकाे कुराप्रति सन्ताेस व्यक्त गर्दै कविता सम्बन्धी महत्वपूर्ण विचारहरु पनि राखेका थिए। 

No comments:

Post a Comment