Thursday, March 26, 2020

कोरोना - बुद्धि तिमल्सिना


पालो जैविक युद्धको बनिदियो, यो शस्त्रभन्दा कडा ।
कोरोना विकराल रूप विष भो, निर्माण भो यो कता ?
फड्को मार्छ वि‌‍‌‌ज्ञानले अघि बढी, बर्बाद पार्ने कला ।
शिल्पी हात बने विध्वंशतिरको, ‌ज्ञानी भए पो ! बडा ।।

सेखीले रिस रागले हुन गयो, संसारमा तिक्तता ।
भाग्यो नैतिकता उदाससँगले, यी बुद्धवाणी कता ?
सारा जाति एकै कुटुम्ब भनियो, शास्त्रार्थमा पूर्वले ।
यी सिद्धान्त प्रचारमा पछि हुँदा, भोग्दैछ नेपालले ।।

छन्द : शार्दूलविक्रीडित 

No comments:

Post a Comment