Saturday, June 15, 2019

निरन्तर शनिबारमा मोहराज र धनराज


निरन्तर शनिबारमा सहभागी साहित्यकारहरू
निरन्तर शनिबारको नियमित रचनावाचन शृङ्खलामा अतिथिको रुपना कवि मोहराज शर्मा र गजलकार धनराज वास्तविक उपस्थित भएका छन् । गजलकार वास्तविकले साहित्यले समाजलाई परिवर्तनको राजमार्गमा डोर्‍याउने कुरा वताए । त्यसै गरि कवि शर्माले संस्कृति , संस्कार र मौलिकता  जोगाउन कलम चलाउनेहरुको ठुलो भुमिका रहेको कुरामा जोड दिए । दुवै सर्जकले कार्यक्रममा आधा आधा दर्जन रचना सुनाए । 

यो कार्यक्रम डिल्लीराम सुवेदीको संयोजनमा प्रत्येक शनिबार काठमाडौंको प्रदर्शनीमार्ग स्थित वाल्मीकि क्याम्पसमा सन्चालन हुँदै आइरहेको छ । कार्यक्रममा( पूर्णिमा प्रतिविम्ब, केवल कार्की,  सुवास पराजुली, ईश्वर थापा, सुदर्शन शर्मा, सोझो गाउँले, उर्मिला पन्त पाण्डे, प्रज्वल अधिकारी, एरिका सुवेदी, तुल्सी गिरि, आरध्या गिरि, रत्न विरही धिमिरे, होमराज ढुङ्गेल लगायतले आआफ्ना रचनाहरु(कविता, गीत, गजल, मुक्तक) सुनाएका थिए  । उक्त कार्यक्रम  रेडियो अन्नपूर्ण ९४ मेगाहर्जुबाट आउँदो शनिबार बिहान सात बजे प्रसारण हुनेछ ।

No comments:

Post a Comment