Tuesday, April 21, 2020

माेबाइल- हेमसागर पाेखरेल


प्रविधि विकासको असमेल घुइँचोमा
मोबाइल सुनौलो संसाधन
यान्त्रिकरणको तीव्र पदचापमा
जादुमय औजार
जीवन भोगाइमा
निरपेक्ष साथी भएकोछ मोबाइल
प्रतिविम्वित हुन्छन् मोबाइलमा
साक्षात् आरोह अवरोहहरु
छरितो आविश्कार
झझङ्कृत पुरस्कार 
अनुवाद हुन्छ मान्छे मोबाइलका
स्निग्ध फोल्डर(पत्र)भित्र
संचार जगतको अपरिहार्य
अवयव मोबाइल,
मोबाइल बहु आयामिक संयन्त्र
सघन सेवा सारथि
घडी,रेडियो
अखबार ,भिडियो 
क्यामेरा, क्याल्कुलेटर
फोन ,पुस्तक ,फेसबुक र एल्वम्
टिभी, इमेल र इन्टरनेट
सांसारिक संजालको पगाहा
मोबाइल बहुरूपी माघ्यम 
पल पलको खुल्दुली र उपहार,
मोबाइल,मानव चेतनाको उपज
चिन्तनको उच्चतम अाविश्कार
अावश्यकताको अविराम माध्यम
शानदार उमङ्ग
उत्साही तरङ्ग
आधुनीकरणको चुम्बकीय 
खजना मोबाइल
मानव जगतको हार्दिक अपनत्व
सम्बन्ध सुत्रको अचुक अस्तित्व
मोबाइल।

No comments:

Post a Comment