Thursday, March 26, 2020

प्रिये ! बसौं कि घर मै कोरोना कराए - ज्ञानहरि अधिकारी


त्यत्रो विशाल चिनमा कुन रोग आए
के भो कसो हुन गयो सब सल्बलाए,
मिलेन औषधि कुनै जनता डराए , 
प्रिये १ बसौं कि घरमै कोरोना कराए ।।

उत्कोरियातिर पनि यही रोग आए ,
थिए उपाय जति नै ती सबै गराए ।
भएन औषधमुलो जनता डराए ,
प्रिये !बसौं कि घरमै कोरोना कराए ।।

जापान् कतार त हुंदै एसियै सकाए,
फेरी यि तुच्छ कोरोना इटलीमा आए
लाखौं धनजन सबै भुइं मै मिलाए ,
प्रिये ! बसौं कि घर मै कोरोना कराए ।।

भारत, बंग अनि फ्रान्स सबै सकाए,
ती अफ्रिकी मुलुकमा सब ध्वम्श पारे
कोकोहोलो सब गरेर नेपाल आए,
प्रिये ! बसौं कि घर मै कोरोना कराए ।।

एकान्त बस्नु घरमै छ उपाय एक,
सफा र सुग्घर भइ र गरी विबेक,
लिएर धैर्य मनमा यसरी बसाए ,
जाउं हिड घुम्न अबता कोरोना हराए ।।

No comments:

Post a Comment