Wednesday, August 15, 2018

मुक्तक - टेक राज अवस्थी

                          
                              (१)
फुलबारिका पुतली जस्ता नानीलाई बन्दुक नदेखाउनु  ।
स्वाभिमान प्रिय लाग्नेलाइ पैसाको सन्दुक नदेखाउनु ।
कमजोर बन्न सक्छ सिमानामा लडिरहेकोक सिपाही ।
उसलाई चिन्तित आमा बिरामी भएको मुलुक नदेखानु ।
                             

                               (२) 
हातमा मेहन्दी अनि हरिया ती चुरा कस्का लागि हुन ।
अहिले सम्म अब्यक्त ती मनका कुरा कस्का लागि हुन ।
बर्सौ भइसक्यो तिमिले व्रत बसेको साउने सोमबार ।
आज सम्म  रहेका ती सपना अधुरा कस्का लागि हुन ।


                              (३)
छिन छिन हातका चुरा बजाउदै आउनु  ।
परेली मा चट्ट गाजल सजाउदै आउनु  ।
मलाइ तिमीले लजायकै मन पर्छ  ।
पहिलो भेटझै सधै तिमी लजाउदै आउनु  । 

No comments:

Post a Comment