Monday, March 30, 2020

गजल - वासुदेव अधिकारी



(जर्मन Hassen प्रान्तका अर्थमन्त्री Thomas schafer को निधनमा)

सँगै जानु पर्ने हो नि किन झरेको ?
मर्ने दिन आउँथ्यो आफैँ किन मरेको ?

संसारको बिघ्न बाधा एक्लै टार्ने हैन
टहटह जून तिमी किन झरेको ?

एकान्तले प्रलयलाई मुक्का हानिराथ्यो
जान्ने भई तिम्ले किन आँखा तरेको ?

महामारी हामीसितै ज्ञान हामीसितै
अघि सरी प्राणाहुति किन गरेको ?

डराउनु भन्दा राम्रो कराउनु भन्छन्
चूपचाप आगो निल्न किन परेको ?

जनप्रेमी जनज्योति जनमनको मोती !
ज्यानै फाली एक्लै आँधी किन तरेको ?
(जर्मन Hassen प्रान्तका अर्थमन्त्री Thomas schafer

No comments:

Post a Comment