Tuesday, March 31, 2020

कोरोना संक्रमितको वयान - वासुदेव अधिकारी


कोरोनाले मलाई सोध्योः हात धोयौ ?
अँ.. भनेँ तर मैले हात धोएको थिइन
ऊ मेरो हातमा आयो
जिउ जिउ चढ्यो
अंग अंग चहार्यो
हात मिलाएको साथीकहाँ गयो
अँगालो हालेको प्रियकहाँ पुग्यो
जुठो खाएको मित्रसँग मित लायो
बाठो कोरोना
बलियालाई छामछाम छुमछुम मात्र गर्छ
निर्धाको कलेजो खान्छ 
फोक्सो खान्छ
र मृत्युको गीत गाउँछ
जब्बर कोरोना 
साबुनपानी र आइसोलेसन बाहेक
अरु कोहीसँग डराउँदैन ।  

No comments:

Post a Comment