Saturday, May 4, 2019

निरन्तर शनिबारमा प्रयोगवादी कवि धर्मेन्द्र नेम्बाङ


निरन्तर शनिबारमा सहभागी साहित्यकारहरु
निरन्तर शनिबारको यस पटकको शृङ्खलामा प्रयोगवादी कवि धर्मेन्द्र नेम्बाङलाई निम्त्याइएको थियो । आफ्नो मन्तव्य राख्ने क्रममा उहाँले निरन्तर शनिबारको स्थापनाको पृष्ठभूमि स्मरण गर्नु भयो । बन्दुककले वसन्तलाई निषेध गरेको समयमा निरङ्कुशताका विरुद्धमा र पूर्ण लोकतन्त्रको पक्षमा साहित्यका माध्यमबाट आवाज बुलन्द  पार्न सकिन्छ भनेर निरन्तर शनिबारको स्थापना भएको कुरा सुनाउनु भयो । ूराजनीतिकर्मीको साहित्यिक अभियानू भनेर सुरु गरिएको भए तापनि पछि थुप्रै कवि लेखकहरु जोडिँदै जाँदा यस अभियानले व्यापकता पाएको बताउनु भयो । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्णको स्थापना भएको भए तापनि  निरन्तर शनिबारको औचित्य समाप्त नभएको र प्राप्त उपलब्धीहरुको रक्षा गर्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्ने काममा सहयोग पुर्याउन निरन्तर शनिबार जस्ता अभियानहरु अझै आवश्यक रहेको कुरा उहाँले औँल्याउनु भयो । निरन्तर शनिबारले आफू जस्ता साहित्य र राजनीति दुबैतिर अग्रसर व्यक्तिलाई निरन्तर उर्जा प्रदान गर्दै आएको गरेको बताउँदै यो फोरम राजनीति र साहित्यको संगम स्थलका रूपमा रहेको जिकिर गर्नु भयो । अहिले बिपी अध्ययन प्रतिष्ठानका अध्यक्ष रहनु भएका कवि नेम्बाङ निरन्तर शनिबारका संस्थापक सदस्यमध्ये एक हुनुहुन्छ ।

बहुरङ्गवादी आन्दोलनका नेतृत्वकर्ता कवि धर्मेन्द्र नेम्बाङ इन्द्रेनी राष्ट्रियताको पक्षमा वकालत गर्दै आएका छन् । आफ्नो विचार राख्ने क्रममा उहाँले नेपालको सांस्कृतिक विविधतालाई सौन्दर्य शास्त्रको आधारका रूपमा स्वीकार्नु पर्ने बताउनु भयो । पूर्वीय तथा पाश्चात्य दर्शनले मात्र नेपाली विशिष्टतालाई सम्बोधन गर्न नसक्ने भन्दै नेम्बाङले नेपाली मौलिक दर्शनको निर्माणमा जोड दिनु भयो । कार्यक्रममा उहाँले( इन्द्रेनी गाउँ, सोल्टिनीको नाउँमा र देब्रे हातको घडी कि त प्रिय सोल्टिनी गरी तिन वटा कविता सुनाउनु भयो । साहित्य लेखनलाई खेलको रूपमा लिने नेम्बाङ मूलतस् प्रयोगवादी कवि हुन् ।

यस पटकको शृङ्खलामा निरन्तर शनिबारका संस्थापक संयोजक मनोजमणि आचार्य र नेपाली लेखक सङ्घका महासचिव रत्नमणि नेपालको विशेष उपस्थिति रहेको थियो । संस्थापक संयोजक आचार्यले निरन्तर शनिबारको फोरमबाट नेपाली साहित्य र राजनीतिको क्षेत्रमा थुप्रै व्यक्तित्वहरु अगाडि बढेको तथ्य उजागर गर्नु भयो भने नेलेसका महासचिव नेपालले निरन्तर शनिबार साहित्य र राजनीति सम्बन्धी वैचारिक मन्थन गर्ने थलोको रूपमा रहेको बताउनु भयो । कार्यक्रममा( इन्द्र लम्साल, टेकराज अवस्थी, पूर्णिमा प्रतिविम्ब, सुदर्शन शर्मा, सरोज राई, बच्चु हिमांशु, रामराजा तिमल्सिना, पदम दाहाल, सोझो गाउँले लगायतले आआफ्ना रचनाहरु९कविता, गीत, गजल, मुक्तक० सुनाएका थिए । कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम आउँदो शनिबार बिहान ७ बजे रेडियो अन्नपूर्ण ९४ मेगाहर्जुबाट प्रसारण हुनेछ ।

No comments:

Post a Comment