Tuesday, August 7, 2018

गजल- अनन्त अनुराग

होला, सबथोक गर्ने सपना सार्थक हुँदैन
हत्कडी नमस्तेका लागि बाधक हुँदैन

चियाको कपले टेबलमा यौटा कथा लेख्यो
जिन्दगीमा सबै कथाको शीर्षक हुँदैन

सोँच्थेँ जग्गा किनेर कसरि घर लैजालान्
दुख लाग्छ जिन्दगी सधैँ बालक हुँदैन

धार मागिरहेछौ पाए काट्न त सकौला
तर धार लगाए चकमक चकमक हुँदैन

त्यही किताब पढ्ने रहरले खुब सताइदिन्छ
जुन कतै छोडियो या साथमा भर्सक हुँदैन

No comments:

Post a Comment