Sunday, August 19, 2018

निरन्तर शनिबारकाे निरन्तरता : कास्की कारागार पुस्तकालयलाई पुस्तक सहयोग अभियान सुरु

निरन्तर शनिबारको नियमित रचना वाचन सधैँझैँ  यसपटक पनि वाल्मीकि विद्यापीठमा सम्पन्न भयो । यसपटकको शृङ्खलामा कवि, गीतकार रमेश पौडेललाईलाई अतिथिका रूपमा निम्त्याइएको थियो भने निरन्तर शनिबारका संस्थापक एवम् नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको र नेपाल प्राध्यापक सङ्घका पूर्व अध्यक्ष प्रा. डा. भूपति ढकाल र नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य रत्नहरि ढुङ्गेलकाे पनि उपस्थिति रहेको थियो । कास्की कारागारमा पुस्तकालयलाई पुस्तक सहयोग अभियान अन्तर्गत पुस्तकहरु पनि संकलन भए । सुरुमा कारागारमा पुस्तकालय स्थापनाका लागि सहभागीहरुले ल्याएका पुस्तक जम्मा गर्ने काम भयो । कवि सोझो गाउँले, होमराज ढुङ्गेल र मिनराज वसन्त लगायत कवि तथा साहित्यकारहरुबाट करिब सय पुस्तक जम्मा भएका थिए । संकलन भएका पुस्तक अर्को साता काठमाडौंबाट पोखरा पुग्ने निरन्तर शनिबारका संयोजक डिल्लीराम सुवेदीले जानकारी दिनु भयाे । 
कार्यक्रममा  सोझो गाउँले, होमराज ढुङ्गेल, टेकराज अवस्थी, पूर्णिमा प्रतिविम्ब, इन्द्र लम्साल, गोकुल अधिकारी, कैलाश कुमार पाण्डे, धर्मानन्द भट्ट, ठाकुर बास्ताकोटी, मिनराज वसन्त, बादल घिमिरे, राम अविरल बिस्ट, वर्षा वन्दना, केवल कार्की लगायतले आआफ्ना रचना सुनाएका थिए । सहभागीहरुको क्रम सकिएपछि अतिथि कवि पौडेलले आफ्ना अनुभज, विचार तथा मिठा मिठा गीत, मुक्तक र कविताले  सहभागीहरुलाई करिब मन्त्रमुग्ध बनाएका थिए । अन्तिममा संयोजक डिल्लीराम सुवेदीले निरन्तर शनिबारका नियमित गतिविधि तथा भावी कार्यक्रममाथि प्रकाश पार्दै र  उपस्थित सबैप्रति आभार प्रकट गर्दै कार्यक्रम टुङ्ग्याएका थिए ।

No comments:

Post a Comment