Saturday, June 30, 2018

धाेका - बुध्दि तिमल्सिना


धर्म तिम्रो धोका रैछ सहयोग तिम्रो श्राप
शीतलभन्दा प्यारो रैछ तिम्लाई अग्नी राप


जुनेलीमामा रुन्छ्यौ तिमी खुसी अँधेरीमा
बलेसीमा थाप्छ्यौ पानी जान्नौ पँधेरीमा


आकाश तल धर्तीमाथि तिम्ले जान्या कुरा
घमण्ड त बढी रैछ ‘कहाँ कम्ति छु र’


मधुमासमा पूल्यौ तिमी फक्रिएर झर्न
एल्लै बसे अजम्बरी पर्दैन कि मर्न


एक्लो बर नि हुर्किएको धेरै ठाउँमा छ है
अर्को जुनीसँगै जिउँला याद राख ल है
                                        

No comments:

Post a Comment