Monday, February 25, 2019

निरन्तर शनिबारमा चन्द्र रानाहँछा

निरन्तर शनिबारको नियमित रचना वाचन सधैँ झैँ यसपटक पनि वाल्मीकि विद्यापीठमा सम्पन्न भयो । यसपटकको शृङ्खलामा अतिथिका कविका रूपमा चन्द्र रानाहँछालाई निम्त्याइएको थियो । बिहान करिब ८ः३० तिर सुरु भएको कार्यक्रममा सोझो गाउँले, टेकराज अवस्थी, पूर्णिमा प्रतिविम्ब,  रामप्रसाद जोश, सुदर्शन शर्मा, राज एकान्त, रत्नहरि  घिमिरे, तारादेवी सुनुवार, इन्द्र लम्साल, काशीराम बजगाँई लगायतले आ–आफ्ना रचना, कविता, गजल, मुक्तक सुनाएका थिए । सहभागीहरुको क्रम सकिएपछि अतिथि कवि रानाहँछाले आफ्नो कविता कर्म र कविताको रचना विधान सम्बन्धी महत्त्वपूर्ण अनुभव तथा विचारका साथै आप्पाको सालिक, आमाको सम्झना, छाबुक्लामा नानीहरु, अनुरोध लगायत आफ्ना आधा दर्जन मर्मस्पर्शी कविताहरु सुनाएका थिए । उक्त कार्यक्रम रेडियो अन्नपूर्ण ९४ मेगाहर्जबाट प्रसारण गर्नका रेकर्ड पनि गरिएको थियो ।

No comments:

Post a Comment