Monday, March 30, 2020

कोरोना कहर – अमृत कुमार दाहाल



कोरोनाले जगजग डुली पार्न थाल्यो विनाश
मान्छे लुक्छन् घर बगलमा चल्नथाल्यो अत्यास ।

सारा सारा निरिह सरि भो विश्व सारा जगाउँ
चौघेराको विचतिर बसी शान्तिको गीतगाउँ ।

हातेमालो गरी जन सबै  एकताजो देखाउँ
वैज्ञानिक हाे उठ अब सबै औषधी जो बनाउ ।

प्रकृतीको प्रलय हुन गै रोकियो विश्व सारा
अर्थतन्त्रै ठप्प हुनगयो छैन खान अहारा ।

गाउँजाउँ खेतबगरमा अन्न उव्जाइ खाउँ
विदेशैको परनिर्भरता द्मट्ट छिटो हटाउँ ।

पर्खौँ हामी जन जन सबै शान्तिको दिपबाली
राखी ख्यालै हर वचनको वीर जाती नेपाली ।

No comments:

Post a Comment