Sunday, August 19, 2018

गजल–जीवन अाचार्य निश्चल

जतनले राख्न मन दिएका छन्
प्रेमिकालार्इ वचन दिएका छन्

सिमाना जोगाउन पितापुर्खाले
घर देश सम्झि गर्दन दिएका छन्

तिमीले भुलेपछि बालापनलाई
बुढेसकालमा बच्पन दिएका छन्

चल्छ चलाउँछ कतिदिन चलन
समयको हातमा घन दिएका छन्

बिर्सेर कति दिन चल्छ महाशय
मुक्तिका लागि जीवन दिएका छन्

No comments:

Post a Comment