Tuesday, October 9, 2018

गजल–वीरेन्द्र कार्की

हावा हुरी चल्यो भन्दै  पात झर्छ भन्नु हुन्न
मिठो बोलि बोल्यो भन्दै राम्रो मान्छे ठान्नु हुन्न

सिमसिम पानी पर्छ कि त, आँधिहुरी चल्छ कि त
समयले देखाउँछ त्यो हतार–हतार गर्नु हुन्न

मनै देखि विश्वास गर्दा काँडा पर्‌याे भने फेरि
भावनाको ठूलो पहाड आफू पहिले खन्नु हुन्न

मेरै मान्छे मेरै आत्मा पाए जस्तो हुदा फेरि
कलियुगको आँधिबेरि चल्ला कतै सुन्नु हुन्न

No comments:

Post a Comment