Wednesday, July 18, 2018

भोक – सुको

अलिकति कानुनले
अलिकति राजनीतिले लुटेको थियो

भोको छु थाहा पाएर
धर्मले पनि ममाथि आँखा गाडेको छ

हो
म भोको छु

मलाई–
कानुन/राजनीति/धर्म
तीनै चिजको भोक लागेको छ

No comments:

Post a Comment