Monday, April 15, 2019

निरन्तर शनिबारकाे निरन्तर शृङ्खलामा हरिमाया भेटवाल

निन्तर शनिबारमा हरिमाया भेटवालका साथमा अन्य सहभागीहररु ।
शनिबार, चैत्र ३०, २०७५

निरन्तर शनिबार अन्तर्गत नियमित रचना वाचनको  यस पटकको शृङ्खला कवि हरिमाया भेटवालका रचना बाचन सहित सम्पन्न भएको छ । कार्यक्रममा भेटवालले आफ्नो साहित्यिक यात्राका अनुभूतिहरु सुनाउँदै  बुवाको प्रेरणाबाट आफू यस क्षेत्रमा अघि बढेको  बताइन ।

जसले जे लेखे पनि, जस्तो लेखे पनि कविता भन्ने गरेको कुराप्रति असन्तुष्टि जनाउँदै कवितामा कला, विचार र लयको  संयोजन हुनु पर्नेमा उनले जोड दिइन । निरन्तर शनिबार नयाँ पुस्ताका प्रतिभा पोख्ने एउटा राम्रो ठाउ  भएको भन्दै एकले अर्काको रचनामाथि आलोचनात्मक टिप्पणी गर्नु पर्ने र त्यसले रचनालाई तिखार्ने उनले बताइन । यस क्रममा उनले  सम्झनामा बा, पिप्ली भुल, बौलाहा कवि, मन, ख्याउँची र अभद्रता गरी  कारीब आधा दर्जन कविताहरु सुनाइन ।

कार्यक्रममा  सुदर्शन शर्मा, इन्द्र लम्साल, पूर्णिमा प्रतिबिम्व, जिके पोख्रेल, होमराज ढुङ्गेल, सविता विमली, भीष्म जोशी, पदम दाहाल, स्वागत नेपाल, केवल कार्की, विवश बाबु, सोझो गाउँले लगायतले आ-आफ्ना कविता, गीत, गजल, मुक्तकहरु सुनाएका थिए । कार्यक्रमका  संयोजक डिल्लिराम सुवेदीले आफ्नो मन्तव्य राख्दै  टुङ्ग्याएको  कार्यक्रम रेडियो अन्नपूर्ण ९४ मेगाहर्जबाट प्रसारण गर्नका लागि रेकर्ड पनि गरिएको थियो । कार्यक्रम हरेक शनिबार काठ्माण्डौको  वाल्मीकि विद्यापीठमा हुने गरेको छ ।

No comments:

Post a Comment