Friday, March 29, 2019

निरन्तर शनिबारमा शीतल कादम्बिनी

निरन्तर शनिबारको नियमित रचना वाचनको यस पटकको शृङ्खलामा अतिथिका रूपमा गीतकार र गजलकार शीतल कादम्बिनीलाई निम्त्याइएको थियो । शास्त्रीय छन्दको कविता सुमधुर स्वरमा वाचन गर्दै आफ्नो प्रस्तुति सुरु गरेकी कादम्बिनीले नेपालगन्जदेखि चितवन हुँदै काठमाडौँसम्मको साङ्गीतिक यात्राका आफ्ना रोचक अनुभवहरु र अनुभूतिहरु सुनाउनु भयो। कादम्बिनी एल्बम आउनुभन्दा पहिले नै आफ्ना केही गीतहरु रेकर्ड भएको भए पनि आफू नोटिस हुन नसकेको र पछि कादम्बिनी एल्बमका गीतरगजलहरुले आफूलाई चिनाएको उहाँले बताउनु भयो । त्यसपछिका एल्बमहरु शीतल र  निर्झरीले पनि राम्रै चर्चा बटुलेकोमा खुसी व्यक्त गर्नुभयो । त्यसै क्रममा उहाँले कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ, धेरै चोटि मरे म त, गयो रात के भो, बनायौ तिमीले बहाना अनौठो र झुमा झुम्कावाली लगायतका गीतरगजलहरु गुनगुनाउनु भयो । कार्यक्रममा  सुदर्शन शर्मा,  इन्द्र लम्साल, पदम दाहाल, केवल कार्की, रन्जिता गिरी, टेकराज अवस्थी, एपी सुमन, शैलेन्द्र शर्मा गौडेल, सोझो गाउँले लगायतले आआफ्ना रचना, कविता, गीत, गजल, मुक्तकहरु सुनाएका थिए । कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम रेडियो अन्नपूर्ण ९४ मेगाहर्जबाट प्रसारण गर्नका लागि रेकर्ड पनि गरिएको थियो ।

No comments:

Post a Comment