Wednesday, March 25, 2020

हाईकु–जीवन आचार्य निश्चल


क्रुर कोरोना
नियन्त्रण हुनेछ
घरको बास !
रुघा र खोकी 
आत्तिनु न मात्तिनु
सामान्य जरो !

लकडाउन
सङ्क्रमण बाट हो
बाच्ने उपाए !

हात नमिला
हाम्रो राम्रो संस्कार
नमस्ते गर !

साबुनपानी
समय समयमा
हात धुनु है !

सचेत बनौँ
सचेतना अप्नाऔँ
सन्देश बाढौ !

No comments:

Post a Comment