Monday, October 1, 2018

निरन्तर शनिबारमा सन्ध्या पहाडी

निरन्तर शनिबारको नियमित रचना वाचन सधैँझैँ  यसपटक पनि वाल्मीकि विद्यापीठमा सम्पन्न भयो । यसपटकको शृङ्खलामा अतिथिका रूपमा कवि सन्ध्या पहाडीलाई निम्त्याइएको थियो । कारागारमा पुस्तकालय स्थापनाका लागि सहभागीहरुले ल्याएका पुस्तक जम्मा गर्ने काम सम्पन्न भएपछि रचना वाचनको क्रम सुरु भयो। कार्यक्रममा  सोझो गाउँले,  पूर्णिमा प्रतिविम्ब, वर्षा वन्दना, सरोज राई, एकेन्द्र खड्का, केवल कार्की, विवेक सापकोटा, राजुबाबु श्रेष्ठ, उपेन्द्र भट्टराई, कमल बास्तोला, चन्द्रदेव खनाल, नारायण समिप, रञ्जना गिरी, सन्तोष पोखरेल लगायतले आआफ्ना रचना सुनाएका थिए । सहभागीहरुको क्रम सकिएपछि अतिथि कवि पहाडीले आफ्ना अनुभव, विचार तथा  कविताले  सहभागीहरुलाई  मन्त्रमुग्ध बनाएकी थिइन् । अन्तिममा अभियन्ता सोझो गाउँलेले निरन्तर शनिबारका नियमित गतिविधि तथा भावी कार्यक्रममाथि प्रकाश पार्दै, उपस्थित सबैप्रति आभार प्रकट गर्दै र अर्को शृङ्खलाका लागि निम्ता गर्दै कार्यक्रम टुङ्ग्याएका थिए ।

No comments:

Post a Comment